Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकको कोरोना रिर्पोट पोजेटिभ

क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकको कोरोना रिर्पोट पोजेटिभ

  • आइतवार, आषाढ २१ २०७७

  • 852
    SHARES

  • क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकको कोरोना रिर्पोट पोजेटिभ


    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आइतबार (आज) बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।

    उनी केही समय अगाडि भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए । उनीसहित भारतबाट आएका उनका परिवारका ५ जनाको स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको डा. मल्लले बताउनुभयो ।

    डा. मल्लाका अनुसार नेगेटिभ आएका सबैको पुनः पीसीआर परीक्षण गरिने बताउनुभो । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।


    आइतवार, आषाढ २१ २०७७०१:४४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij