काठमाडौं । नेपाली कांग्रेसका नेता सञ्जय गौतमले गठबन्धन मुलुकको आवश्यकता बनेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले गठबन्धन मुलुकको आवश्यकता बनेकाले त्यसलाई बलियो बनाउनुपर्ने कुरामा कांग्रेस इमानदार रहेको दाबी गर्नुभएको छ ।
यस्तै नेता गौतमले कांग्रेसलाई समाजवादी मोर्चामा जानुपर्ने कुनै बाध्यता नभएको जिकीर गर्नुभएको छ । माओवादीसहित ४ पार्टीले सोमबार घोषणा गरेको समाजवादी मोर्चाबारे प्रसंगमा उहाँले मोर्चा गठन गरेका मात्रै समाजवादी र नगरेका गैरसमाजवादी नहुने तर्क गर्नुभएको छ ।
अर्को फरक प्रसंगमा नेता गौतमले कांग्रेसको नेतृत्व पुरातन शैलीमा चलेकाले विशेष महाधिवेशनको कुरा जबर्जस्त ढंगले उठेको बताउनुभएको छ ।