काठमाडौं । भान्सेलाई कोरोना भाइरस संक्रमण देखिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बस्नुभएको छ ।
सरकारी निवास शशि भवनमा कार्यरत भान्सेमा कोरोनाको संक्रमण देखिएपछि आजदेखि प्रधानसेनापति थापा होम क्वारेन्टिन बस्नुभएको हो ।
प्रधानसेनापति थापाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होम क्वारेन्टिन बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।