Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१५ सय ७३ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

१५ सय ७३ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

  • आइतवार, आश्विन ११ २०७७

  • 838
    SHARES

  • १५ सय ७३ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिनुभएको हो ।

    यससँगै, नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । २४ घन्टामा १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ ।

    साथै, कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४७७ पुगेको छ ।


    आइतवार, आश्विन ११ २०७७०४:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij