काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०,८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ ।आज जारी प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको हो ।
उहाँले बैंक लुटे जसरी चार जनाले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताउनुभयो।अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताउनुभयो ।
उहाँले एक महिना बहश हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरिहता भएको बताउनुभयो।उहाँले बजेट योजना र दृष्टि बिहिन भएको बताउनुभयो ।