Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मधेश सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै

मधेश सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै

  • शुक्रवार, आषाढ १ २०८०

  • 480
    SHARES

  • मधेश सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै

    काठमाडौं। मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ । आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो ।

    अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताउनुभयो।

    गत वर्ष मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

    तर यस वर्ष संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने सचिव भट्टराईको भनाइ छ ।


    शुक्रवार, आषाढ १ २०८०१२:३८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij