Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सम्झनाको बलात्कारपछि हत्या !, 'हत्यारा' को ?

सम्झनाको बलात्कारपछि हत्या !, 'हत्यारा' को ?

  • आइतवार, आश्विन ११ २०७७

  • 1.4K
    SHARES

  • सम्झनाको बलात्कारपछि हत्या !, 'हत्यारा' को ?

    काठमाडौं । बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र गत बुधबार मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरी अनुसन्धान र अस्पतालको रिपोर्टले उनको बलात्कारपछि हत्या भएको खुलेको हो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले अभियुक्तलाई पक्राउ गरिसकिएको र थप अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

    हत्यामा संलग्न रहेको आरोपमा स्थानीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा बोहराको संग्लनता अनुसन्धानबाट खुलिसकेको छ । घटनामा बोहराको मात्रै संग्लनता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

    बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना स्थानीय शिव मन्दिरभित्र मृत फेला परेकी थिइन् ।

     


    आइतवार, आश्विन ११ २०७७०१:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij