Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

बजेटमा एकाधिकार भन्दै सांसद आक्रोशित, डाडु पनिउँ हातमा हुनेको वर्चस्व, सत्तापक्षकै सांसदले गरे चर्को आलोचना (खासखबर)

बजेटमा एकाधिकार भन्दै सांसद आक्रोशित, डाडु पनिउँ हातमा हुनेको वर्चस्व, सत्तापक्षकै सांसदले गरे चर्को आलोचना (खासखबर)

  • बिहिवार, जेठ ३२ २०८०

  • 675
    SHARES

  • बजेटमा एकाधिकार भन्दै सांसद आक्रोशित, डाडु पनिउँ हातमा हुनेको वर्चस्व, सत्तापक्षकै सांसदले गरे चर्को आलोचना (खासखबर)
    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट अन्तर्गत विनियोजन विधेयकमाथि छलफल जारी छ । आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि आलोचनाको वर्ष भएको छ । प्रायः प्रतिपक्षी दलले बजेटमा समेटिएका विषयहरूप्रति आफ्नो सुझाव र आलोचना गर्छन् तर यो बजेटमा भने सबैभन्दा बढी सत्तापक्षका सांसदहरू आक्रोशित भएका छन् । यो बजेट नुवाकोट, गोरखा, डडेल्धुरा, चितवनमा बढी केन्द्रित रहेको भन्दै सिंगो संसद् आक्रोशित देखिएको छ । आज संसद्मा बोल्दै सांसद चित्रबहादुर केशीले यो बजेटमा किन छलफल गर्ने भनी प्रश्न गर्नुभयो ? गोरखा, डडेल्धुरा, नुवाकोटमा छुट्याइएको बजेट घटाएर खर्च कटौती गर्नुपर्ने उहाँको सुझाव छ । 
     
    कांग्रेसका सांसद अर्जुननरसिंह केशीले बजेट जनप्रिय बन्न नसकेको बताउनुभयो । कहाँ कति छुट्याइयो भन्ने विषयले खास अर्थ नराख्ने भन्दै उहाँले बजेट जनमैत्री कति भयो भन्ने विषय प्रधान रहेको उहाँको भनाइ छ ।
     
    नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सत्ताको दास नभएको बताउनुभयो । यो बजेटलाई कुनैपनि हालतमा समर्थन गर्न नसकिने उहाँको भनाइ थियो । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सरकार भ्रष्टाचारको संरक्षणका लागि बनेको दाबी गर्नै जनजीविकाको सवालमा कामै हुन नसकेको जिकिर गर्नुभयो । 
     
    सांसद प्रेम सुवालले राजनीति देशको सेवा गर्न हो भन्ने भाष्य निर्माण गर्न बजेटले नसकेको दाबी गर्नुभयो । एकै क्षेत्रमा धेरै बजेट छुट्याएर राजनीति लुट्नका लागि हो भन्ने सन्देश गएको बताउँदै उहाँले त्यस्तो कार्यमा संलग्नलाई जेल हाल्नुपर्ने बताउनुभयो । 
     
    रास्वपाकी सांसद डा. तोसिमा कार्कीले यो बजेटले खेलकुदको क्षेत्रलाई समेट्न नसकेको जिकिर गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा एक लाख छुट्याएर खेल क्षेत्रको बेइज्जत भएको उहाँको दाबी छ । 
     
    बजेटमाथि भइरहेको छलफलमा अधिकांश सांसदहरूले रोष प्रकट गरिरहेका छन् । मुलुक आर्थिक संकटमा गुज्रिरहेको बेला आफू र आफ्ना पोस्न मात्रै बजेट लक्षित भएको भन्दै आलोचना भइरहेको हो । जनतालाई राहत र सहुलियत दिने खाले कार्यक्रमलाई यो बजेटले समेट्न सकेन ।
     


    बिहिवार, जेठ ३२ २०८००८:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij