Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दौड जित्यो चीनले : चिनियाँ कोरोना खोपलाई डब्लुएचओले दियो अनुमति

दौड जित्यो चीनले : चिनियाँ कोरोना खोपलाई डब्लुएचओले दियो अनुमति

  • आइतवार, आश्विन ११ २०७७

  • 3.7K
    SHARES

  • दौड जित्यो चीनले : चिनियाँ कोरोना खोपलाई डब्लुएचओले दियो अनुमति

    एजेन्सी । चीनले बनाएको कोरोना भाइरस (कोभिड –१९)विरुद्धको खोप आममानिसमा ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिएको छ ।

    चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको चिनियाँ अधिकारीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

    यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँचवटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ ।

    चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोपबारे हालै जानकारी गराएको बताएको सिएनएनले जनाएको छ ।

    सरकारबाट सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

    यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लुएचओमा दर्ता गरिसकेको छ । त्यसलाई पश्चिमा देशका विज्ञहरुले थुप्रै भने आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।

     


    आइतवार, आश्विन ११ २०७७१२:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij