Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक दिन ढिलोगरी नेपाल भित्रियो मनसुन प्रणाली

एक दिन ढिलोगरी नेपाल भित्रियो मनसुन प्रणाली

  • बुधवार, जेठ ३१ २०८०

  • 2.0K
    SHARES

  • एक दिन ढिलोगरी नेपाल भित्रियो मनसुन प्रणाली
    काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । बुधबार(आज) नेपालको कोशी प्रदेश, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू—भाग र गण्डकी प्रदेशका पूर्वी भू—भागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
     
    यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिलागरी नेपालमा प्रवेश गरेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
     
    नेपालको अन्य भू—भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।  यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
     
    लामो समयदेखि पानी नपर्दा देशका अधिकांश भूभागमा गर्मी बढेको थियो । मनसुन भित्रिएसँगै पानी पर्ने र गर्मी कम हुने अनुमान छ ।
     
    यद्यपि मंगलबारदेखि देशका विभिन्न ठाउँमा छिटपुट वर्षा भइरहेको छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ । 
     
    तर, पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन ।


    बुधवार, जेठ ३१ २०८००२:५३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij