काठमाडौं ।बरिष्ठ शिक्षाविद् तथा सांसद उमेश श्रेष्ठ पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोना परीक्षणको आज आएको रिपोर्टमा आफुलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभएको छ ।
उहाँले आफुले हिजो परीक्षण गरेको र आज प्राप्त रिपोर्टमा कोरोनाभाइरसबाट सङ्क्रमित भएको देखिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।”उहाँले आफु अहिले होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।
शिक्षाविद् श्रेष्ठले आफुसंग पछिल्लो समयमा प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध पनि गर्नुभएको छ ।