Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहने

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहने

तीन पूर्वमहान्यायाधिवक्ता लगायतले खाँणको प्रतिरक्षा गर्दै
  • सोमवार, जेठ २९ २०८०

  • 926
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहने
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि थुनछेक बहस जारी रहने भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको थुनछेकबारे आरोपितहरू नरेन्द्र केसी, शमशेर मियाँ, गोविन्द चौधरी र लक्ष्मी महर्जनको प्रतिरक्षा बहस हुनेछ ।
     
    उनीहरूको बहस हिजो नै हुने तय भए पनि प्रतिरक्षा गर्ने वकिलहरू नभएका कारण हुन सकेको थिएन । उनीहरूको पक्षको बहस सकिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा थुनछेक बहस हुनेछ । 
     
    खाँणको पक्षबाट तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र दुई पूर्वअध्यक्ष सहितका वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन् । खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ताहरू खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गर्नेछन् । त्यस्तै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि बहस गर्नेछन् ।
     
    बारका दुई पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, डेमोक्रयाटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी सुरेन्द्र महतो लगायतका वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने तय भएको छ । 
     
    २७ वैशाखमा चाबहिल मैजुबहालस्थित निवासबाट खाँणलाई शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । पोलिपोलाउ बयानका आधारमा प्रहरीले खाँणलाई पक्राउ गरेको थियो । तर अनुसन्धान गर्दा बैंक खातामा वा कसैले नगदै पैसा बुझाएको प्रमाण प्रहरीले फेला पार्न सकेन । 
     
    म्यासेज र सामाजिक सञ्जालमा पनि यो प्रकरणबारे खाँणको प्रमाण भेटिएन । प्रहरीले उनको मोबाइलको डाटा रिकभरका लागि प्रहरी ल्याबमा पठाए पनि कुनै प्रमाण रिस्टोर नभएको प्रहरीले बताएको छ । 
     
    उनको विरुद्ध कुनै पनि जाहेरीकर्ताले किटानी जाहेरी दिएका छैनन्। प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा भएको बयानमा पनि कसैले खाँणको नाम नपोलेका अभियोजन अनुसन्धान गर्दा देखिन्छ । 
     
    खाँणको मात्रै होइन, हज समितिका अध्यक्ष मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पनि प्रमाण फेला पार्न प्रहरीले सकेको छैन ।
     


    सोमवार, जेठ २९ २०८०११:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij