Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्व लडाकु नेताको चेतावनी—प्रचण्ड विरुद्ध बोल्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं 

पूर्व लडाकु नेताको चेतावनी—प्रचण्ड विरुद्ध बोल्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं 

  • सोमवार, जेठ २९ २०८०

  • 712
    SHARES

  • पूर्व लडाकु नेताको चेतावनी—प्रचण्ड विरुद्ध बोल्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं 
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसिंह प्रजाले लडाकु शिविरमा भात पकाउने लेनिन विष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम बेच्दै डलर कमाउने धन्दामा लागेको आरोप लगाउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व लडाकु प्रजाले भन्नुभयो, ‘नेपालमा गणतन्त्र ल्याउनका लागि कुनै पनि बालबालिका वा वृद्धवृद्धाको प्रयोग भएको छैन । लेनिन विष्ट भन्ने मान्छे जनयुद्धमा लागेकै थिएन । ऊ त २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा भात पकाउन गएको मान्छे हो । तर आज जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै प्रचण्ड नाम बेच्दै कहिले हेग त कहिले कहाँ पुर्‍याउँछु भन्दै डलर कमाउने धन्दामा लागेको छ । ऊ डलरवादीले परिचालन गरेको मान्छे हो । उसले बन्दुक समेत देखेको छैन । बन्दुक कसरी पड्किन्छ भन्ने पनि थाहा छैन,।’ 
     
    पूर्व लडाकु नेता प्रजाले लेनिन विष्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हाले आफूहरूले नछोड्ने चेतावनी पनि दिनुभयो । 
     
    पूर्व लडाकु नेता प्रजाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई उल्लुको संज्ञा दिँदै उसले भन्दैमा प्रचण्डले प्रधानमन्त्रीबाट किन राजीनामा दिने भन्दै प्रश्न गर्नुभयो ।
     
    शान्ति प्रक्रिया भाँडिए ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई नछाड्ने दाबी पनि प्रजाले गर्नुभयो । उहाँले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ प्रचण्डकै त्यागका कारण राजनीतिमा आउन सकेको पनि बताउनुभयो ।
     


    सोमवार, जेठ २९ २०८००८:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij