Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवा र कोइरालाबीचको सहकार्य अनौठो मान्नु पर्दैन : सहमहामन्त्री मन्सुर

देउवा र कोइरालाबीचको सहकार्य अनौठो मान्नु पर्दैन : सहमहामन्त्री मन्सुर

कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद छैन
  • सोमवार, जेठ २९ २०८०

  • 803
    SHARES

  • देउवा र कोइरालाबीचको सहकार्य अनौठो मान्नु पर्दैन : सहमहामन्त्री मन्सुर
    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीचको सहकार्य अनौठो नभएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सहमहामन्त्री मन्सुरले भन्नुभयो, ‘कांग्रेसभित्र देउवा र शेखरबीच नयाँ गठबन्धन बन्न लागेको हो कि होइन, मलाई जानकारी छैन । देउवा पार्टी सभापति हुनुहुन्छ, शेखर नेपाली कांग्रेसको नेता हुनुहुन्छ । महाधिवेशनमा उहाँहरू प्रतिस्पर्धी हुनुहुन्थ्यो । महाधिवेशन भएको १८ महिना भइसक्यो । पहिले उहाँहरूलाई सँगै बोलाइएन होला, अहिले बोलाइयो होला । तर सँगै बैठक बसेकै हो । केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समिति, स्थानीय तह, प्रदेश, समानुपातिक, संघीय निर्वाचनमा सर्वसम्मतिले निर्णय भएको होइन ? उहाँले कहीँ नोट अफ डिसेन्ट लेखेको थाहा पाउनुभएको छ ?’ 
     
    शेखरलाई वरिष्ठ नेता बनाउन देउवा तयार हुनुभएको हो भन्ने प्रश्नमा सहमहामन्त्री मन्सुरले भन्नुभयो, ‘म सुरुदेखि  नै वरिष्ठ नेता पदको विपक्षमा रहेको छु । किनभने नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद छैन । हुँदै नभएको पद कसैले पायो वा कसैले दियो भन्ने कुरा महत्त्वपूर्ण होइन । नेपाली कांग्रेसको माइन्युट लेख्दा शेखर कोइरालाको नाममा कहाँ आउँछ ? मलाई थाहा छैन । बैठक भएपछि नै थाहा होला ।’
     
    पार्टीभित्र अर्ली महाधिवेशन वा विशेष महाधिवेशनको गुन्जाइस नभएको उहाँको तर्क छ । मन्सुरले भन्नुभयो, ‘अर्ली महाधिवेशन कि विशेष महाधिवेशन, नेपाली कांग्रेसको विधानअनुसार हुने कुरा हो । केटाकेटीले अहिले नै हवाई जहाज चाहिन्छ भने जसरी त पाइँदैन । पार्टीको विधानले महाधिवेशन, महासमिति बैठक, नीति अधिवेशन कति वर्षमा हुने स्पष्ट उल्लेख गरेको छ । विशेष महाधिवेशन गर्ने हो भने पहिले त पार्टीले त्यसको आवश्यकता महसुस गर्नुपर्‍यो नि । यो कुनै व्यक्तिको लहडमा बोलाउने कुरा त होइन नि ।’
     
    उहाँले देउवाको नेतृत्वमा नेपाली कांग्रेस स्थानीयदेखि संघसम्मको निर्वाचनमा पहिलो पार्टी भएकाले असफल भन्न नमिल्ने दाबी गर्नुभयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी सभापतिले कुनै काम गर्न नरोकेको पनि मन्सुरले बताउनुभयो । 
     
    पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबस्दैमा आकाश नखस्ने पनि उहाँले बताउनुभयो । उहाँले पार्टी पहिलेभन्दा सुदृढ भएको दाबी पनि गर्नुभयो ।
     


    सोमवार, जेठ २९ २०८००८:४५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij