Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान पाउनेको नामावली घोषणा

पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान पाउनेको नामावली घोषणा

  • आइतवार, आश्विन ११ २०७७

  • 2.0K
    SHARES

  • पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान पाउनेको नामावली घोषणा

    काठमाडौं । खेमलाल—हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विक्रम संवत २०७६ सालको एक पुरस्कार र एक सम्मान प्रदान गर्ने सृष्टा छनौट गरेको छ ।

    प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

    ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गर्नु भएको छ ।

    त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

    प्रश्रित पूवीय दर्शन तथा माक्र्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखकका रुपमा चिनिनुहुन्छ ।

    पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै प्राप्त गर्नेलाई जनही तीन लाख रुपैया पनि प्रदान गरिनेछ । वि.सं. २०६३ सालदेखि खेमलाल—हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

    त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

    दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र कुनै अनुकूल समयमा अर्पण गरिने पनि अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

    गैह्रआवासी नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष समेत रहनु भएका लामिछाने आफ्ना मातापिताको स्मृतिमा प्रतिष्ठान स्थापना गरी साहित्य, सृजना र समाजसेवामा लागेकाहरुलाई प्रोत्साहन र सम्मान गर्दै आउनु भएको छ ।

     


    आइतवार, आश्विन ११ २०७७०८:४०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij