Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा, कारण यस्तो...

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा, कारण यस्तो...

  • आइतवार, जेठ २८ २०८०

  • 1.2K
    SHARES

  • ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा, कारण यस्तो...
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग माग्नुभएको छ ।
     
    प्रतिनिधि सभाको बैठकमा समय माग गरी शाहीले प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गर्नुभयो।
     
    ‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यू यो संसद्को सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्यूको विरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उहाँले भन्नुभयो, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ?
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले धारणा संसद् रेकर्डबाट हटाउन माग गर्नुभयो ।
     
    ‘भर्खरै माननीय ज्युले केही आफ्ना कुरा राख्नुभयो । उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोरो गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ,’ सापकोटाले भन्नुभयो, ’प्रधानमन्त्रीको हुर्मत दिनु भनेको राष्ट्रको हुर्मत दिनु हो, म तत्काल भर्खर व्यक्त गर्नुभएको मान्यका धारणाहरू रेकर्डबाट हटाउन माग गर्दछु ।’
     
    सांसदहरूको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताउनुभएको थियो।
     


    आइतवार, जेठ २८ २०८००४:११:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij