काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वनीय र व्यय इच्छाप्रेरित रहेको बताउनु भएको छ।
उहाँले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा विशेष महत्व हुने भन्दै दुबैको तादम्यता र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन मद्दत गर्ने बताउनुभयो।
’विगत २ वर्षमा वित्त र मौद्रिक नीतिबीच समान्जस्यता टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको सर्वविदितै छ’ वाग्लेले भन्न्ुभयो, ’गत वर्ष कुल गाह्रस्थ उत्पादनको ३४ प्रतिशतको बजेट आएको थियो । मध्यावधि समीक्षामा त्यसलाई स्वाट्टै घटाइयो । अहिले त्यो सुकेर २७ प्रतिशतमा झरेको छ ।’
यस्तै उहाँले एक वर्षबाट अर्को वर्षको बजेटको आकारमा ६ प्रतिशत अंक कम आउनुले बजेटको अंकलाई विश्वासनीय नबनाउने टिप्पणी गर्नुभएको थियो ।