Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘ग्रेटर नेपाल’को नक्सा राखेर बालेनले मूर्खता देखाए : मनिषकुमार सुमन

‘ग्रेटर नेपाल’को नक्सा राखेर बालेनले मूर्खता देखाए : मनिषकुमार सुमन

  • शुक्रवार, जेठ २६ २०८०

  • 792
    SHARES

  • ‘ग्रेटर नेपाल’को नक्सा राखेर बालेनले मूर्खता देखाए : मनिषकुमार सुमन

    काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर मेयर बालेन शाहले मूर्खता देखाएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले मेयर साहको यस्तो कार्य उहाँको बालापन भएको टिप्पणी गर्दै ऐतिहासिक कुरा इतिहासमा राख्ने कुरा भएको तर्क गर्नुभएको छ ।

    पद र ओहदामा रहेको जिम्मेवार व्यक्तिलाई यस्तो कार्य गरेको नसुहाउने नेता सुमनको भनाइ छ । यस्तै नेता सुमनले बालेन र हर्क साम्पाङजति अनुशासनहीन जनप्रतिनिधि आफूले नदेखेको टिप्पणी गर्नुभएको छ । अजिबको हर्कत र उट्पट्याङ भएको पनि नेता सुमनको भनाइ छ ।

    यस्तै अर्को प्रसंगमा नेता सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण समग्रमा सफल भएको बताउनुभएको छ । पूर्वतयारीको अभावमा हवाई रुटबारे भने सम्झौता हुन नसकेको उहाँको टिप्पणी छ ।

    यस्तै उहाँले जनमत पार्टीलाई विगतमा गठबन्धनको अनुशासनबारे समीक्षा गरी सरकारमा ल्याउँदा विमति नहुने पनि बताउनुभएको छ । ।


    शुक्रवार, जेठ २६ २०८०१०:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij