Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफ्नो छेउमा परराष्ट्रमन्त्रीलाई राख्ने हो, छोरी गंगालाई होइन : ओली

आफ्नो छेउमा परराष्ट्रमन्त्रीलाई राख्ने हो, छोरी गंगालाई होइन : ओली

  • सोमवार, जेठ २२ २०८०

  • 1.1K
    SHARES

  • आफ्नो छेउमा परराष्ट्रमन्त्रीलाई राख्ने हो, छोरी गंगालाई होइन : ओली

    काठमाडौं । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाललाई भ्रमणमा लगेकोमा आपत्ति जनाउनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । आफ्नो छेउमा पराराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, छोरी राखेको छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । म एउटा के भन्न चाहन्छु भने फस्ट लेडी भनेर ‘स्पाउज’लाई राख्न सकिन्छ, अरु भनेको परिवारका सदस्य हो । छोरो लिएर जानुभयो भने फस्ट जेन्टलम्यान ? ‘स्पाउज’ त हैन । न्यूजिल्याण्ड लगायतका प्रधानमन्त्रीले ‘स्पाउज’ लिएर जान्छन् । महिला प्रधानमन्त्रीले पनि लिएर जान्छन् । फस्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’


    सोमवार, जेठ २२ २०८००४:३८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij