Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तराईमा तातो हावा र लू, पहाडमा हल्का वर्षाको सम्भावना 

आजको मौसम : तराईमा तातो हावा र लू, पहाडमा हल्का वर्षाको सम्भावना 

  • सोमवार, जेठ २२ २०८०

  • 1.2K
    SHARES

  • आजको मौसम : तराईमा तातो हावा र लू, पहाडमा हल्का वर्षाको सम्भावना 
    काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  देशको तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ।
     
    सोमबार(आज) सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।


    सोमवार, जेठ २२ २०८००६:२७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij