काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।