काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई आज कोरोना पुष्टि भएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहनुभएकी डा. शाहलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पतालको ल्याबमा पिसिआर परीक्षण गरिएको थियो ।
पिसिआर रिपोर्ट रिपोर्ट पोजेटिभ आएपछि अहिले उहाँ होम आइसोलेसनमा बसिरहनुभएको पारिवारिक स्रोतले जनाएको छ ।