Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ४ जनामा कोरोना संक्रमण,  १८ जना उपचाररत

थप ४ जनामा कोरोना संक्रमण,  १८ जना उपचाररत

  • शनिवार, जेठ २० २०८०

  • 547
    SHARES

  • थप ४ जनामा कोरोना संक्रमण,  १८ जना उपचाररत
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा चारजनाको नतिजा पोजेटिभ आएको हो । १३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक र ८१० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।
     
    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।
     
    पछिल्लो २४ घण्टामा दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २९४ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको मन्त्रालयले जनाएको छ ।
     


    शनिवार, जेठ २० २०८००४:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij