एजेन्सी । चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले हालै पत्रकार सम्मेलन गर्दैै चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको खोप करिब ६१ करोड उत्पादन गर्ने विश्वास राखेको र खोपको उत्पादनको वार्षिक क्षमता अर्को वर्षसम्म कम्तीमा एक अर्ब डोजमा पुग्ने बताएका हुन् ।
विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चारवटा कोरोना भाइरस खोप विकास तीब्ररूपमा अघिबढेको छ ।
‘खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्नेछ’, चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले पत्रकार सम्मेलनमा भने, ‘चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो पनि हुन्छ ।’