Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर

  • बिहिवार, जेठ १८ २०८०

  • 1.2K
    SHARES

  • नक्कली शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार(आज) काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन आज काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो ।
     
    अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ । तीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् ।
     
    काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान लिने क्रम जारी छ । जेठ १२ देखि प्रतिवादीहरूको बयान लिन थालिएको हो ।


    बिहिवार, जेठ १८ २०८००३:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij