काठमाडौं। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को पाटा स्पेसल अवार्ड —२०२३ बाट सम्मानित हुनु भएको छ ।
मंगलवार देखि पोखरामा शुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ को अवसरमा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले डा. रेग्मीलाई सो अवार्ड प्रदान गर्नु भएको थियो ।
कोभिड १९ को महामारीको तथा आर्थिक मन्दिका अवस्थामा नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन तथा समग्र पर्यटन प्रर्वद्धनका लागि डा. रेग्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पाटा इन्टरनेशनले उहाँलाई सो अवार्डबाट सम्मान गरिएको अध्यक्ष पिटरले बताउनु भयो ।
पाटा स्पेशल अवार्ड पछि प्रतिक्रिया दिँदै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले यो अवार्ड समग्र नेपाली पर्यटन क्षेत्रको लागि गरिएको सम्मान भएको बताउनु भयो । उहाँले यो सम्मानले आफुलाई नेपालको पर्यटन क्षेत्रमा थप कार्य गर्न जिम्मेवारी थपिएको मशसुश भएको प्रतिक्रिया दिनुभयो ।
यसैगगरी पाटा इन्टरनेशनलले पाटा स्पेशल अवार्डबाट डा. रेग्मीका साथै सिंगापुरका सुन ह्या वोङ, मेम्बरसीप अवार्डबाट चीनका मारिया डी. सेन्ना फर्नान्डिज र पाटा अवार्ड अफ मेरिटबाट डा.चरिस ब्रोट्रिललाई सम्मान गरेको छ ।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवार देखि पोखरामा शुरु भएको हो ।
नेपालमा पहिलोपटक आयोजना भएको सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा विभिन्न २१ देशका अतिथी करिब पाहुना, क्रेता र बिक्रेता सहित करिब दुईसय पचास जना भन्दा बढिको सहभागीता रहेको छ ।