Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारलाई डा. लोहनीको प्रश्न—कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?

सरकारलाई डा. लोहनीको प्रश्न—कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?

  • मंगलवार, जेठ १६ २०८०

  • 1.2K
    SHARES

  • सरकारलाई डा. लोहनीको प्रश्न—कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसद्मा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लोहनीले भन्नुभयो, ‘यसपालिको बजेटमा पनि दीप स्थाने दीपम् पिण्ड स्थाने पिण्डम् भन्याजस्तो परम्परालाई निरन्तरता दिइएको छ । अर्थतन्त्रमा अलिकति संकट आएको भन्ने अनुभूति दिन साधारण खर्च घटाउने प्रयास गरेको छ । तर यसो गर्दा साधारण खर्चमा कति असर गर्छ भन्ने आएको छैन । प्रधानमन्त्री, मन्त्री र सांसदले १० प्रतिशत तलब कम लिन्छु भनेको भए सिम्बोलिक म्यासेज जान्थ्यो । त्यस्तो केही पनि छैन । कर्मचारीलाई भत्ता नदिने, आफू मात्र लिने ?’ 
     
    डा. लोहनीले अर्थतन्त्र संकटमा भएको बेला सांसद विकास कोष ब्युँताउनु दुःखद भएको पनि औंल्याउनुभयो । उहाँले थप्नुभयो, ‘यो बजेट कस्मेटिक खालको देखियो । एकातिर खर्च घटाउने भनिएको छ, अर्कातिर सांसद विकास कोष ब्युँताइएको छ । संसद् विकास कोष भनेको राजनीतिक कार्यक्रममा खर्च गर्ने पैसा हो । राजस्व आम्दानीलाई गति दिनुपरेको परिप्रेक्ष्यमा एक वर्षका लागि त्यो कोष रोकेको भए सरकार संकट समाधानमा लागेको सन्देश जान्थ्यो ।’
     
    विश्व आर्थिक मन्दीका कारण नभई मुलुकमा आन्तरिक कारण आर्थिक संकट आएको डा. लोहनीले बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषिको बजेट बढाउने कुरा हरेक वर्ष भनिए पनि लागु हुन नसकेको औंल्याउनुभयो । 
     


    मंगलवार, जेठ १६ २०८००८:४५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij