काठमाडौं ।सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०,८१ को बजेट सार्वजनिक गर्दै काठमाडौंको गोठाटारमा ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि आवस्यक बजेटको व्यवस्था गरिएको बताउनुभएको हो ।
त्यसैगरी बजेटमा हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला–सहाना पुनःस्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ। बालश्रम शोषण अन्त्य गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। ८ वटा बाल सुधारगृहको मर्मत, सम्हारका लागि पनि बजेटको व्यवस्था गरिएको छ।
अर्थमन्त्री महतले ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गर्ने पनि बताउनु भयो।