काठमाडौं । सरकारले काठमाडौं तराई फास्ट ट्रयाकको लागि २२ अर्ब ५० करोड बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसपटक पनि फास्ट ट्रयाकलाई प्राथमिकतासाथ बजेट छुट्याउनुभएको हो । यस्तै उहाँले काठमाडौंको नागढुंगा सुरुङमार्गका लागि ५ अर्ब १८ करोड बजेटको घोषणा गर्नुभएको छ ।
ललितपुरको ग्वार्कोमा यसैवर्ष फ्लाइओभर सम्पन्न गर्ने, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा पनि फ्लाइओभरको निर्माण गर्ने घोषणा पनि बजेटमार्फत गरिएको छ ।