काठमाडौं । विद्यालयमा बालबालिका टिकाउने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो।
उहाँका अनुसार आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने छ। प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उहाँले घोषणा गर्नुभएको छ। बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने भएको छ ।
बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उहाँले बताउनु भएको छ।
हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो।