Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

गेटा अस्पताललाई शहीद दशरथ चन्द प्रतिष्ठानका रुपमा विकास गर्ने सरकारको घोषणा

गेटा अस्पताललाई शहीद दशरथ चन्द प्रतिष्ठानका रुपमा विकास गर्ने सरकारको घोषणा

  • सोमवार, जेठ १५ २०८०

  • 490
    SHARES

  • गेटा अस्पताललाई शहीद दशरथ चन्द प्रतिष्ठानका रुपमा विकास गर्ने सरकारको घोषणा
    काठमाडौं । कैलालीस्थित गेटा मेडिकल कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने भएको छ। सोमबार(आज) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो। 
     
    उक्त प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ। 
     
    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गर्नुभएको थियो। 
     
    अर्थमन्त्री महतले डडेलधुरामा मेडिकल कलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभयो। यसैगरी दैलेखको राकममा १०० शय्याको स्याटलाइट अस्पतालका लागि समेत बजेट विनियोजन गरिएको बताइएको छ।


    सोमवार, जेठ १५ २०८००६:१०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij