काठमाडौं।सरकारले दिवा खाजाका लागि १ अर्ब ४२ करोड बिनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै सो रकम बिनियोजन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै दिवा खाजामा ’जंक फुड’ दिन नपाइने उहाँको भनाइ छ। दिवा खाजामा स्थानीय कृषि उपजबाट बनाइएका पौस्टिक तत्वयुक्त खाजाको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
दिवा खाजाबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री महतले बताउनुभयो । उहाँले विद्यालयमा छात्राहरूलाई निशुल्क सेनिटेरी प्याट उपलब्ध गराइने बताउनु भयो ।