काठमाडौं। अर्थमन्त्री प्रकाश शरण महतले विकास निर्माणका लागि निर्माण सामग्रीको सहज उपलब्ध गराउने बताउनु भएको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट भाषण गर्दै उहाँले निर्माण सामग्रीको सहज आपूर्ति बढाउन सहज बाटोबाट उपयुक्त भनिएका खानीबाट तोकिएको समयमा ढुङ्गा गिट्टी बालुवा निकाल्न सक्ने व्यवस्था मिलाइने बताउनु भएको हो ।
यस्तै बैदेशिक सहायता रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने र बैदेशिक ऋणलाई विकास खर्चमा लगानी गर्ने बताउनु भएको छ।