Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

श्रीलंकन क्रिकेटर मेन्डीस पक्राउ

श्रीलंकन क्रिकेटर मेन्डीस पक्राउ

  • आइतवार, आषाढ २१ २०७७

  • 996
    SHARES

  • श्रीलंकन क्रिकेटर मेन्डीस पक्राउ

    श्रीलंकाका क्रिकेटर कुशल मेन्डीसले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको छ । मेन्डीसले चलाएको कारको ठक्करबाट एक वृद्धको ज्यान गएपछि श्रीलंकाको पुलिसले उनलाई पक्राउ गरेको हो ।

    ६४ वर्षे वृद्धलाई साइकल चलाइरहेको अवस्थामा मेन्डीसको कारले ठक्कर दिएको बताईएको छ । २५ वर्षिय मेन्डीस श्रीलंकाका विकेट किपर ब्याट्सम्यान हुन ।

    श्रीलंकन मिडियाका अनुसार पक्राउपछि उनको मेडिकल जाँच गरेर अदालतमा उपस्थिति गराउने तयारी भईरहेको छ । उनले श्रीलंकन राष्ट्रिय टोलीबाट ४४ टेष्ट, ७६ एकदिवसीय र २६ टी(ट्वान्टी क्रिकेट खेलिसकेका छन् ।


    आइतवार, आषाढ २१ २०७७०१:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij