Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु हुने

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु हुने

  • सोमवार, जेठ १५ २०८०

  • 435
    SHARES

  • प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु हुने
    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबार गठन भएको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार(भोलि) बिहान ८ बजेका लागि बोलाइएको छ ।
     
    गत वैशाख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।
     
    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।
     
    हाल कार्की कामु प्रधानन्यायाधीश हुनुहुन्छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
     
    संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५/५ जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन् ।
     
    नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन् ।
     
    माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।


    सोमवार, जेठ १५ २०८००२:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij