काठमाडौं उपत्यकामा मात्रै आज (शुक्रबार) थप ६ सय ४५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय तीन, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । देशभर आज १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १४ सय ५५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिaल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।