Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम पढ्न पुगेका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि...

नीति तथा कार्यक्रम पढ्न पुगेका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि...

  • आइतवार, जेठ १४ २०८०

  • 781
    SHARES

  • नीति तथा कार्यक्रम पढ्न पुगेका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि...
    काठमाडौं । बागमती प्रदेशको आइतबार(आज)को बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढ्ने कार्यसूची थियो। सोही अनुसार प्रदेश सभाको बैठक सुरु भएको थियो।
     
    बैठक सुरु भएपछि नियमित प्रक्रियाअन्तर्गत सभामुख भुवन पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नीति तथा कार्यक्रमको प्रति प्रदेश प्रमुख शर्मा समक्ष पेस गर्न अनुमति दिनुभयो।
     
    मुख्यमन्त्री आफ्नो स्थानबाट उठ्नुभयो। रोस्ट्रममा पुगेर प्रदेश प्रमुखलाई फाइल हस्तान्तरण गर्नुभयो। साथै, फाइललाई बाँधिएको रिबन खोल्न र ‘र्‍याथपिङ पेपर’ खोल्न सहयोग गर्नुभयो । त्यसपछि उहाँ यथास्थानमा फर्किनुभयो ।
     
    प्रदेश प्रमुख शर्माले आफ्ना लागि तय गरिएको कुर्सीमा बसेर जब फाइल खोल्नुभयो। त्यहाँ आफूले पढ्ने नीति तथा कार्यक्रमको प्रति देख्नुभएन । उहाँले प्रदेश सभा सदस्यहरूतिर हेर्नुभयो र रित्तो फाइल खोलेर देखाउनुभयो।
     
    त्यतिञ्जेल सभामुख पाठकले सो विषय थाहा नपाएको जस्तो देखिन्थ्यो। उहाँले प्रदेश प्रमुखलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिन खोज्नुभयो तर उहाँलाई रोकियो। उहाँ पनि अन्योलमा पर्नुभयो ।
     
    पुनः मुख्यमन्त्री जम्कट्टेलले आफूसँग भएको नीति तथा कार्यक्रमको पुस्तिका रोस्ट्रममै पुगेर प्रदेश प्रमुख शर्मालाई सुम्पिनुभयो। सभामुखले पनि प्रदेश प्रमुख शर्मालाई सम्बोधनका लागि समय दिनुभयो। त्यसपछि भने बाँकी प्रक्रिया सुरु भयो।


    आइतवार, जेठ १४ २०८००४:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij