Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठसहित)

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठसहित)

  • आइतवार, जेठ १४ २०८०

  • 567
    SHARES

  • यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठसहित)
    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार(आज) बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो ।
     
    आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ । ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ । त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ । 
     
    फलस्वरूप, आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २।१६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान पनि सरकारको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो ।
     
     
    चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान सरकारको छ ।
     
    यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ । ‘यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो’, सर्वेक्षणमा भनिएको छ।  
     
    विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको पनि सरकारको भनाइ छ । उद्योग क्षेत्रको योगदान भने करिब स्थिर रहेको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.१ प्रतिशत, १३.५ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान  छ ।
     
     पूर्णपाठ हेर्नुहोस्: 


    आइतवार, जेठ १४ २०८००३:४४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij