काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताउनु भएको छ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘हिजो भन्दा केही फरक छैन त म भन्दिन । तर दुख लाग्यो - नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन’, उनले थपे, ‘राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ । यहाँ कार्यक्रममा किन आउन सकेन ?’परियारको भनाई थियो ।