काठमाडौं । कोरोना संक्रमणबाट बाँके, पर्सा, चीतवन, धरान र मोरङमा थप ५ जनाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
यस्तै तनहुँको आँबुखैरेनीका ३९ बर्षीय पुरुषको आज उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । यसैबीच कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् एक कैदी आइसोलेसनबाटै भागेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत् रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ ।
उता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिनुभयो ।
यता, मोरङ कानेपोखरी १ का संक्रमितको पनि हिजो साँझ मत्यु भएको हो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।