काठमाडौं । १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागप्रति त्रिवि शिक्षण (टिचिङ) अस्पतालका रेसिडेन्ट (आवासीय) चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै डा. केसी स्वास्थ्य अवस्था दिनप्रति नाजुक बन्दै गएको तर सरकार संवेदनशील नभएको जनाएका हुन् ।
आज सबै आवासीय चिकित्सकहरुले कालोपट्टी बाँधेर काम गर्ने र वार्ताका लागि सम्बन्धित निकाय उदासीन भए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
न्यायको पक्षमा उभिएका समग्र चिकित्सक, नर्स, नर्सिङका विद्यार्थी समेतलाई डा. केसीको समर्थनमा आउन आह्वान पनि गरिएको छ ।
