काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको नीति तथा कार्यक्रम पुरानैको ‘कपी–पेस्ट’ भएको आरोप लगाउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रको संकटमोचन र दिशाबोध गर्ने किसिमले नआएकाले यसमा केटाकेटीपन देखिएको उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले सरकारले देशको नेतृत्व गर्न सक्छ भन्ने नदेखिएको जिकीर गर्नुभएको छ ।
मुलुकको यथार्थ र आवश्यकताको सम्बोधन नभएको बताउँदै उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नभई भ्रम छर्नका लागि ल्याइएको आरोप लगाउनुभयो ।