काठमाडौँ - केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
लगातार तीन दिनदेखि घटिरहेको सुनका मुल्य आज ८ सयले बढेर तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।