Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संक्रमण फैलिने गरी लापर्बाही बढेपछि उपत्यकामा सार्वजनिक सवारीसाधनमा कडाइ

संक्रमण फैलिने गरी लापर्बाही बढेपछि उपत्यकामा सार्वजनिक सवारीसाधनमा कडाइ

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.1K
    SHARES

  • संक्रमण फैलिने गरी लापर्बाही बढेपछि उपत्यकामा सार्वजनिक सवारीसाधनमा कडाइ

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम विचार गरेर ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमन तीव्र पारेको छ।

    सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा लिएरनलिएको, भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्के नछर्केको जस्ता विषयमा अनुगमन थालिएको हो।

    बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर जारी रहने जनाइएको छ। अनुगमन क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४ सभन्दा बढी भाडाका सवारीसाधनलाई सम्झाईबुझाई छाडिएको तर गल्ती दोहोरिएमा कारबाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभएको छ ।

    यात्रुलाई हुने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा अस्थायी जाँचचौकी राखी सवारीसाधनको अनुगमनलाई तीव्रता दिइएको उहाँले बताउनुभएको छ ।

    भाडाका सवारीसाधनले स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएभन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ।

    यातायात व्यवसायी तथा सञ्चालकलाई बोलाएर सवारीसाधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था, नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारीसाधन चलाउन, यात्रु कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न भनिसकेको छ। रासस

     

     


    शुक्रवार, आश्विन ९ २०७७०९:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij