काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वत समायोजन हुने व्यवस्था गरिने बताउनु भएको छ ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष उक्त प्रणालीको सुरूवात गर्ने बताउनुभयो ।
“पेट्रोलियम पाइप लाइन विस्तारका साथै न्यूनतम अवधिको भण्डारण गृह निर्माणलाई निरन्तरता दिइने छ,” उहाँले भन्नुभयो, “पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वत समायोजन हुने व्यवस्था गरिने छ ।”