Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मल अभाव अन्त्य, जैविक मल कारखानाको स्थापना गरिने

मल अभाव अन्त्य, जैविक मल कारखानाको स्थापना गरिने

  • शुक्रवार, जेठ ५ २०८०

  • 348
    SHARES

  • मल अभाव अन्त्य, जैविक मल कारखानाको स्थापना गरिने

    काठमाडौं । सरकारले बाली लगाउने बेलामा अभाव हुने रासायनिक मलको अभावलाई अन्त्य गर्न मल उत्पादन कारखाना निर्माण गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।सरकारले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहित कार्यक्रम पनि अघि बढाउने भएको छ ।

    आज जारी प्रतिनिधिसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रासायनिक मल समयमै उपलव्ध गराइने जानकारी दिनुभयो।“रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न वहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ,” उहाँले भन्नुभयो ।

    अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्न कृषि वस्तुको प्रमाणीकरण गरी बजारीकरण गर्ने तयारी गरेको पनि राट्रपति पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ । “चिया अलैची अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवद्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो ।


    शुक्रवार, जेठ ५ २०८००४:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij