Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारलाई समर्थन कायमै छ, हामी सरकारमा पनि जान सक्छौ : अब्दुल खान

सरकारलाई समर्थन कायमै छ, हामी सरकारमा पनि जान सक्छौ : अब्दुल खान

  • बिहिवार, जेठ ४ २०८०

  • 1.1K
    SHARES

  • सरकारलाई समर्थन कायमै छ, हामी सरकारमा पनि जान सक्छौ : अब्दुल खान
    काठमाडौं । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत् रहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै खानले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग हिजो र अस्ति हाम्रो पार्टी अध्यक्षको बैठक भयो । अध्यक्षजीले सरकारको साझा कार्यक्रम र नीतिबारे सुझाव दिनुभएको छ । सरकारलाई पार्टीको समर्थन कायमै छ । सरकारमै रहँदा देश र जनताका लागि केही काम गर्ने अवसर हुन्छ । हामी सरकारमा पनि जान सक्छौं,।’ 
     
    खानले प्रधानमन्त्रीसँग कुनै मन्त्रालय नमागेको पनि बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामीले पहिलेदेखि भन्दै आएको मन्त्रालय भागबन्डामा परिसकेको छ । कहिले उद्योग, कहिले सहरी विकास त कहिले खानेपानी भनियो । हेरौं, प्रधानमन्त्रीले कसरी मिलाउनुहुन्छ ?’
     
    जनमत पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग तत्काल सहकार्य वा मोर्चा बनाउने बारे नसोचेको पनि खानले बताउनुभयो । तर आवश्यकता परेका बेला त्यस्तो पनि हुनसक्ने उहाँले औंल्याउनुभयो । जसपासँगको सम्बन्ध के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा खानले भन्नुभयो, ‘राजनीतिमा स्थायी शत्रुता वा मित्रता हुँदैन । जसपासँग व्यक्तिगत झगडा होइन । भोलि मिल्न पनि सकिन्छ ।’
     
    नेता खानले नागरिक उन्मुक्ति पार्टीको शान्तिपूर्ण आन्दोलनमा आफ्नो पार्टीको साथ र सहयोग रहने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको कुनै पनि नागरिकप्रति अन्याय हुनुहुँदैन । रेशम चौधरी सर्वोच्च अदालतको फैसलाको विपरीत जानुभन्दा पुनरावलोकनका लागि जानु उचित हो ।’ पार्टीको नेता कार्यकर्तामाथि अन्याय भएका बेला सत्ता र प्रतिपक्षमा जहाँ भए पनि शान्तिपूर्ण आवाज उठाउनु जायज हुने पनि उहाँले औंल्याउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको काममा जनमत पार्टीको पूर्ण समर्थन रहने पनि खानको भनाइ छ ।
     


    बिहिवार, जेठ ४ २०८००८:५८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij