काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार(आज) २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।
पछिल्लो समय निरन्तर गिरावट आएको बजार हिजो समेत सामान्य बढेको थियो । आज २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार दोहोरो अङ्कले बढ्दा आज १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसबाहेक २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज सबै उपसूचकहरूमा हरियाली देखिएको छ ।
जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवं सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।