Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा दायर

राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा दायर

  • बुधवार, जेठ ३ २०८०

  • 430
    SHARES

  • राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा दायर

    काठमाडौं। भारतीय कांग्रेस आइ पार्टीका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा मानहानी मुद्दा दायर भएको छ ।

    कांग्रेस नेता गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी भाजपाका नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक स्थानीय नेताले मुद्दा दायर गरेका हुन् ।

    नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, कांग्रेसमा यो सम्भव छैन ’ भन्ने अभिब्यक्ति दिएका थिए । सोही प्रकरणमा उनीविरुद्ध मानहानीको मुद्दा परेको हो ।

    यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो । यद्दपी अदालतको आदेशलाई चुनौती दिँदै गान्धीले उच्च अदालतमा तल्लो अदालतको सुचना खारेजीको माग सहित आवेदन दिएका थिए ।


    बुधवार, जेठ ३ २०८००७:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij