Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जापानमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

जापानमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

  • बुधवार, जेठ ३ २०८०

  • 1.3K
    SHARES

  • जापानमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

    काठमाडौं । जापानको सेन्दाइमा भएको बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। हिजो साँझ भएको दुर्घटनामा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

    थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत थिए।सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो।

    सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।


    बुधवार, जेठ ३ २०८००७:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij